नापी कार्यालयले तोकिएको जिल्लाको न.पा./गा.पा. को वडा, गा.वि.स./गाउब्लकको नापनक्सा समाप्त गरी जग्गाधनी दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बुझआई सकेपछि उक्त जिल्लामा मालपोत ऐन २०३४ लागु हुन्छ। मालपोत ऐन लागु भए पश्चातको जग्गा प्रशासन तर्फको अभिन्न अङ्गको रुपमा रहेको नापनक्सा सम्बन्धी प्राविधिक कार्य गर्नको लागि हरेक जिल्लामा नापी कार्यालयको स्थापना भएको छ। दैनिक जग्गा प्रशासनको कार्यलाई नापी कार्यालयबाट प्राप्त श्रेस्ताको आधारमा नापनक्सा सम्बन्धी प्राविधिक तर्फको कार्यलाई चुस्त र दुरुस्त गर्ने कार्यका लागि सबै जिल्लाहरुमा नापी कार्यालयहरु रहन्छन्। नापी कार्यालयको कार्य सञ्चालन भूमि व्यवस्था मन्त्रालय र नापी विभागबाट तयार गरिएका ऐन, नियमावली, कार्यविधिहरु अनुसार नेपाल ईन्जिनियरिङ्ग सर्भे समुहका प्राविधिक कर्मचारीहरुबाट गरिन्छ।