नेपाल सरकार भूमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी बिभाग अन्तर्गत रहेको नापी कार्यालय बझाङ, बि.स. २०५४ सालमा नापी शाखाको रुपमा स्थापना भई मिति २०६५।११।०२ को मन्त्रीपरिषदको निर्णयअनुसार नापी कार्यालय बझाङ्गो रुपमा स्थापना भएको हो। यस नापी कार्यालयले बझाङ्ग जिल्ला अन्तर्गत साविक २८ गा.बि.स. (हाल १ नगरपालिका, ६ गाउँपालिका र १ नगरपालिकाको २ वडा गरि जम्मा ८ स्थानिय तह) भित्रको कित्तानापी नक्सा अध्यावधिक, तथा भूमि सम्बन्धी नाप जाँच (नयाँ नापी बाहेक) सम्बन्धी कार्य गर्दै आएको छ। यो कार्यालय बझाङ्ग जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ९, सिमखेत (साविक रिठापाटा गा.वि.स. वडा नं. ४) मा रहेको छ ।

बझाङ जिल्ला सुदूरपश्चिम प्रदेशमा अवस्थित छ, जसको भौगोलिक अवस्था विविधतापूर्ण छ, जसमा साइपाल हिमाल (७०३६ मि.) जस्ता अग्ला हिमालदेखि रायल गा.वि.स.को देउरा (९१५ मि.) जस्ता होचा भू-भागसम्म पर्छन्, पूर्वमा हुम्ला, पश्चिममा बैतडी र दार्चुला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा डोटी-अछामसँग सिमाना जोडिएको छ.

भौगोलिक स्थिति:

  • अक्षांश: २९°२९” N देखि ३०°०९” N सम्म.
  • देशान्तर: ८०°४६” E देखि ८१°३४” E सम्म.

सिमाना:

  • पूर्व: बाजुरा र हुम्ला.
  • पश्चिम: बैतडी र दार्चुला.
  • उत्तर: हुम्ला र चीन (तिब्बत).
  • दक्षिण: डोटी र अछाम.

उचाइ:

  • सबैभन्दा होचो भाग: रायल गा.वि.स.को देउरा (९१५ मि.).
  • सबैभन्दा अग्लो भाग: साइपाल हिमाल (७०३६ मि.).

प्रशासनिक केन्द्र:

  • सदरमुकाम: चैनपुर.