कुनै व्यक्ति, संस्था, कार्यालय वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको नक्सा प्रिन्ट लिनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।

  • गा.पा./न.पा. सिट नं. कि.नं. खुलेको निवेदन वा वित्तीय संस्थाको वित्तीय प्रयोजनमा माग गरेकोमा उक्त वित्तीय संस्थाको ऐ.ऐ. व्यहोरा खुलेको आधिकारिक पत्र वा सरकरी निकायको हकमा ऐ.ऐ. व्यहोरा सहित प्रयोजनको समेत खुलेको पत्र
  • सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि
  • सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व.को मालपोत तिरेको रसिद
  • प्रति कित्ता रु. १००।- दरले राजस्व तिरेको रसिद(नापी विभाग, योजना तथा जग्गा प्रशासन शाखाको च.नं. २४० मिति २०८०/०९/१७ को परिपत्रले तोके बमोजिम)