कुनै जग्गाधनीले आफ्नो स्वामित्वमा रहेका र एकआपसमा जोडिएका दुई वा दुई भन्दा बढी कित्ताहरुलाई एकीकरण गरी एउटै कित्ता कायम गर्न चाहेमा देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची-१९ को ढाँचामा कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
- गा.पा./न.पा. सिट नं. कि.नं. खुलेको निवेदन
- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि
- सम्बन्धित कित्ताहरु देखिने नक्सा प्रिन्ट
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.को मालपोत तिरेको रसिद
- प्रतिकित्ता रू ५०।- र फिल्ड रेखाङ्कन वापत लाग्ने राजस्व बराबरको राजस्व दस्तुर तिरेको रसिद