दैनिक सेवा प्रवाह सम्बन्धी कार्यहरु

१) कित्तानापी नक्सा, फिल्डबुक तथा प्लट रजिस्टरको उचित सम्भार तथा सुरक्षित भण्डारण गर्ने

२) नक्सा, फिल्डबुक आदिको Digital data सुरक्षित साथ भण्डारण गर्ने

३) जग्गा खरिदबिक्रि, वकस, अंशवणडा, नामसारी, अदालतको फैसला, भू-उपयोग परिवर्तन आदि कारणले जग्गाको स्वामित्वमा आंशिक परिवर्तन हुन भएमा न.पा./गा.वि.स., सिट नं., वडा नं. कित्ता काट गर्नुपर्ने कित्ता नं., क्षेत्रफल, माग गररिएको क्षेत्रफल, लिनेदिनेको विवरण र तर्फ स्पष्ट रुपमा खुलेको विवरण सहितको लिखत वा पत्र सम्बन्धित मालपोत कार्यालयबाट प्राप्त भएपछि कित्ताकाट गर्ने

४) कित्तानापी Hard Copy नक्सा/प्लटरजिष्टर तथा नक्साको Digital database मा समेत अद्यावधिक (update) गर्ने

५) टायल चेक गर्ने, कित्ता एकीकरण/खण्डीकरण गर्ने, नक्सामा दुरी अंकित गर्ने, नक्सा सुधार संशोधन, फिल्ड रेखाङ्कन, नक्सा प्रिन्ट गर्ने, फिल्डबुक/प्लट रजिस्टर उतार गर्ने

६) जग्गा नापजाँच तथा भूमि सम्बन्धि कानुनहरु र नीतिहरुले तोकेका अन्य प्राविधिक कार्यहरु गर्ने।

दैनिक कार्यालय सञ्चालन सम्बन्धी कार्यहरु

१) कर्मचारी प्रशासन सम्बन्धी कार्य ।

२) आर्थिक प्रशासन सम्बन्धी कार्य ।

३) अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।

४) पत्र व्यवहार सम्बन्धी कार्य।