कुनै जग्गाधनीले आफ्नो स्वामित्वमा रहेका कित्ताको फिल्ड रेखाङ्कनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची - २० को ढाँचामा कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।

  • गा.पा./न.पा. सिट नं. कि.नं. खुलेको निवेदन
  • सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि
  • सम्बन्धित कित्ता देखिने नक्सा प्रिन्ट
  • पारित लिखतको प्रतिलिपि
  • सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व.को मालपोत तिरेको रसिद
  • जग्गा नापजाँच नियमावलीको नियम ३३ र निर्देशिकाको दफा ३८ बमोजिम (सदर मुकामबाट सम्बन्धित स्थान सम्मको दुरीको आधारमा तोकिने छ। यस सम्बन्धि सुचना प्रत्येक नापी कार्यालयले छुट्टै तयार गरी टाँस गर्नुपर्नेछ।) तोकिएको राजस्व तिरेको रसिद
  • विशेष परिस्थतिमा बाहेक फिल्ड रेखाङ्कन कार्य असार देखि असोज मसान्तसम्म गरिने छैन।