कुनै व्यक्ति,संस्था, कार्यालय वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्डबुक र पल्ट रजिष्टरको प्रतिलिपी लिनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची-२७ को निवेदन कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
- गा.पा./न.पा. सिट नं. कि.नं. खुलेको निवेदन वा संस्थाको हकमा ऐ.ऐ. व्यहोरा खुलेको आधिकारिक पत्र
- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि
- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.को मालपोत तिरेको रसिद
- डिजिटल डाटाको वितरण, प्रयोग र नियमन निर्देशिका २०६९ को अनुसूची ३ को बुँदा नं. ३ मा तोकिए बमोजिम “ पहिलो कित्ता रु ५०।- र थप प्रति कित्ता रु १०।-” का दरले हुन आउने राजस्व तिरेको रसिद।