नक्सा सुधार संशोधन (मालपोत ऐन २०३४ को दफा ८क को उपदफा ३ बमोजिम) को लागि देहाय बमोजिमका कागजात आवश्यक पर्नेछ
- मालपोत कार्यालयको पत्र, मालपोत कार्यालयबाट नक्सा सुधार संशोधन सम्बन्धि गरिएको कारबाहीको सम्पूर्ण विवरणहरु भएको फाइल र आवश्यक कागजात प्रमाणहरु (मालपोत कार्यालयमा पेश भएका र सो कार्यालयले तोको बमोजिम)
नक्सा सुधार संशोधन (मालपोत ऐन २०३४ को दफा ८क को उपदफा ३ बमोजिमको अवस्था बाहेक) को लागि देहाय बमोजिमका कागजात संलग्न राखी कारण समेत खुलाई सम्बन्धित जग्गाधनीहरुले नापी कार्यालयमा निवेदन पेश गर्ने
- गा.पा./न.पा. सिट नं. कि.नं. खुलेको निवेदन
- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि
- सम्बन्धित कित्ताहरु देखिने नक्सा प्रिन्ट
- पारित लिखतको प्रतिलिपि
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.को मालपोत तिरेको रसिद
नक्सा सुधार संशोधन कार्यको लागि कुनै पनि शुल्क नलाग्ने